Follow us at:

बारम्बार सोधिने प्रश्नहरु


1. १. password reset गर्नको लागि mail पठाएको अहिले सम्म response आएन अब के गर्ने होला ?

यस अघि User create भई हाल Password विर्सिएको खण्डमा Password reset गर्नुपर्ने हुन्छ ।स्थानीय तह तथा व्यक्तिगतरुपमा पठाइएका emails को queue धेरै भएकोले response गर्न केही समय लाग्ने गर्दछ सामान्यतया Password reset का लागि it@feo.gov.np मा email पठाएको तिनदिन भित्रमा response आउँछ । तथापि वैदेशिक रोजगार कार्यालय, ताहाचलका अतिरिक्त आफूलाई पायक पर्ने प्रदेशस्थित श्रम तथा रोजगार कार्यालयहरु(विराटनगर, जनकपुर, बुटवल, पोखरा, सुर्खेत तथा धनगढी) email गरेमा चाडै response हुने सम्भावना रहन्छ किनकि त्यहाँ email को queue कम रहन्छ ।वा 01-5909671 र 01-5907661 मा सम्पर्क गरी password reset गर्न सकिन्छ ।


2. २. नयाँ श्रम स्वीकृतिको लागि चाहिने कागजात बारेमा जानकारी गराउनु होला ?

https://feims.dofe.gov.np मा Log in गरी online Form भर्ने, Form भर्ने क्रममा नै आफूलाई पायक पर्ने PDOT कक्षा सञ्चालन गर्ने संस्था छनौट गरी कक्षामा सहभागी हुने, Form भर्ने क्रममा नै स्वास्थ्य परीक्षण गर्ने संस्थाले तोकेको दस्तुर अनलाइन मार्फत् भुक्तान गरी स्वास्थ्य परीक्षण गराउने उक्त दुबै (PDOT र स्वास्थ्य परीक्षण) को नतिजा प्राप्त भएपछि (यसका लागि ३ कार्यदिनको समय लाग्छ) आफ्नो उमेर अनुसार देहाय बमोजिमको बीमा बापतको रकम अनलाइन मार्फत् भुक्तान गर्नेः बीमा शुल्कः १८-35 वर्ष रु 3708/ 36-50 वर्ष रु 4931/ 51-64 वर्षसम्म रु 9463/ र सामाजिक सुरक्षा कोषमा रु 2308/ तथा कल्याणकारी कोषमा रु 1500/ भुक्तान गरेपछि देहायको कागजात scan गरी तपाईंले आफूले रोजेको कार्यालयमा श्रम स्वीकृतिका लागि Form submit गर्न सक्नुहुन्छः ९० दिनभन्दा बढी म्याद बहाल रहेको पासपोर्ट, म्याद अवधी बाँकी रहेको भिसा, रोजगारदाता कम्पनीसँग भए/गरेको सम्झौताको प्रति, रोजगादाताले आफ्नो आधिकारीक email बाट श्रम स्वीकृति गर्ने कार्यालयमा पठाएको email, स्वघोषणा-पत्र, खाडी मुलुकको हकमा सम्बन्धित मुलुकस्थित नेपाली दूतावासले जारी गरेको प्रमाणीकरण/Attestation पत्र, अंग्रेजी र अरबी भाषा बाहेक अन्य भाषामा लेखिएको सम्झौतापत्र/COE(Certificate of Eligibility) भए सोको विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग वा अन्य आधिकारीक निकायबाट गरिएको अंग्रेजी उल्था/Translation को प्रति ।


3. ३. पुनः श्रम स्वीकृतिका लागि चाहिने कागजातहरुका बारेमा जानकारी दिनुहोस् ।

९० दिनभन्दा बढी म्याद बहाल रहेको पासपोर्ट, म्याद अवधी बाँकी रहेको भिसा/ID Card/Permit card, रोजगारदाता कम्पनीसँग भए/गरेको सम्झौताको प्रति(सोही कम्पनीमा जाने भए करारपत्र आवश्यक नपर्ने), घरेलु कामदारको हकमा सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट अनुसूची-८(छुट्टीको कागजात) प्रमाणित कागजात र तोकिए बमोजिमको दस्तुर ।


4. ४. छुट्टीमा आएको बेला श्रम अवधी कति भए सम्म विदेश जान सकिन्छ होला ?

छुट्टीमा आएको बेला 90 दिन भन्दा बढी श्रम अवधी बाँकी रहे गन्तव्य मुलुक जान सकिन्छ ।


5. ५. श्रम गर्दा document पूरा भएपनि reject मात्र आउँछ किन होला ?

वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई जनमुखी, जवाफदेही, पारदर्शी तथा सेवाग्राहीमैत्री एवम् आधुनिक सूचना प्रविधिमा आधारित बनाउँदै सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो र सहज ढङ्गले उपलब्ध गराउन अनलाइन प्रणाली मार्फत् श्रम स्वीकृति हुने व्यवस्था छ । तपाइले पेश गर्नु भएको कागजात/document ठीक छ भने reject आउँदैन तसर्थ आफूले form submit गर्नु अघि नै तोकिए बमोजिका कागजात छ/छैनन्? काजगात Blur/धमिलो पो छ कि? एकिन गरेरमात्र पेश गर्नुहोस् । सकेसम्म आफू स्वयमले form भर्नुहोस् ।


6. ६. it@feo.gov.np मा mail गरेको response आएको छैन किन होला?

स्थानीय तह तथा व्यक्तिगतरुपमा पठाइएका emails को queue धेरै भएकोले response गर्न केही समय लाग्ने गर्दछ सामान्यतया it@feo.gov.np मा mail गरेको तिनदिन भित्रमा response आउँछ ।


7. ७. टोकन पाइरहेको छैन किन होला?

प्रतिदिन नयाँ तर्फ 350 र पुनः श्रमस्वीकृति तर्फ 1100 टोकन छोड्ने व्यवस्था गरिएको छ । ती टोकन सकिएको अवस्थामा मात्र टोकन नपाउने हो यदि आजको टोकन नपाएको खण्डमा भोलि/अर्को दिनको टोकन लिनुपर्ने हुन्छ ।


8. ८. श्रम स्वीकृति भएको छ कि छैन?

श्रम स्वीकृति भएको छ/छैन भन्ने थाहा पाउने तरिका क. Form भर्दाको समयमा उल्लेख भएको मोबाइल नम्बरमा प्राप्त हुने message बाट ख. https://feims.dofe.gov.np मा आफ्नो PP no र Password entry गरी status check गरेर वा https://dofe.gov.np/ मा PP no entry गरी श्रम स्वीकृतिको बारेमा जानकारी पाउन सकिन्छ ।


9. ९. Flight मेरो भोलि छ श्रम स्वीकृति approved भएको छैन किन होला?

Flight को आधारमा श्रम स्वीकृति हुने होइन । वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९ बमोजिम सेवाग्राहीले तोकिए बमोजिमका कागजात पूरा गरी अनलाइन form submit गरी तोकिएको टोकन मितिको तिन कार्यदिन भित्रमा श्रम स्वीकृति प्राप्त हुन्छ तसर्थ श्रम स्वीकृति नभई हवाई टिकट नलिनुहुन जानकारी गराइन्छ ।


10. १०. श्रम स्वीकृति गर्नको लागि कुन website को प्रयोग गर्नु पर्छ ?

श्रम स्वीकृतिको आवेदन दिनका लागि https://feims.dofe.gov.np को प्रयोग गर्नुपर्छ ।


11. म अहिले विदेशमा छु पुनः श्रम स्वीकृति गर्नको लागि नेपाल नआएर यताबाट गर्न मिल्दैन?

तपाई पहिलो पटक श्रम स्वीकृतिको लागि आवेदन पेश गर्दै हुनुहुन्छ भने मिल्दैन किनकि तपाईंले biometric दिनुपर्ने, PDOT कक्षामा सहभागी हुनुपर्ने र स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ तर पुनः श्रम स्वीकृतिको हकमा विश्वको जुनसुकै स्थानमा रहनुभए पनि https://feims.dofe.gov.np मार्फत् श्रम स्वीकृतिको लागि आवेदन पेश गर्न सक्नुहुन्छ यसका लागि स्वदेश नै आइरहनु पर्दैन ।


12. १२. वैदेशिक रोजगार कार्यालयमा जति कल गरेपनि कल उठाउँदैन ?

यस कार्यलयमा दैनिक अत्यधिक कलहरु आउने हुँदा अधिकतम कलहरु संवोधन गर्ने गरिएको छ । त्यसमध्ये कहिलेकाहीँ प्राविधक तथा विविध कारणले कल संवोधन गर्न नसकिएको हुन सक्छ ।देहाय बमोजिमका नम्बरमा आफूलाई परेको समस्या अनुसार फोन गर्न सक्नुहुनेछः सि.नं काम फोन नं 1 Password Reset गर्नुपरेमा 01-5909671 01-5907661 2 Reject भएमा 01-5909671/एक्टेन्सन नं 15 3 DoB/अन्य प्राविधिक समस्या भएमा 01-5909665 01-5908669 वा it@feo.gov.np मा mail गर्ने


13. १३. स्थानीय तहबाट श्रम गर्दा २०/२५ दिनमा पनि श्रम Approved हुँदैन तर Agent मार्फत गर्यो भने एकैछिनमा हुन्छ किन होला ?

कागजात तथा सबै प्रक्रिया पूरा गरी FEIMS प्रणालीमा पेशहुन आएका सबै निवेदनहरु FEIMS प्रणालीको पालोक्रम (Queue) बमोजिम हुने हुँदा सबै प्रक्रिया पूरा भएका निवेदनहरु तोकिएको टोकन मितिले ढिलोमा ३ दिनभित्र स्वीकृत भैरहेको छ । प्रक्रिया पूरा नभएका निवेदनहरु अस्वीकृत हुने भएकाले समय लागेको हुनसक्छ । स्थानीय तहबाट पेश हुन आएका निवेदनहरुमा अधिकांश कागजातहरु अधुरो पेशहुन आएको भेटिन्छ ।


14. १४. वैदेशिक रोजगार कार्यालयबाट स्थानीय तहलाई कुनै पनि मद्धत पाईरहेको छैन ?

स्थानीय तहबाट यस कार्यालयसंग माग भएका समस्याहरुको अधिकतम् सम्बोधन भईरहेको छ ।


15. १४. श्रम स्वीकृती गर्दा कम्पनी Add गर्न मिलिरहेको छैन के गर्ने होला ?

कम्पनी Add को लागि request पठाई email अथवा नजिकको कार्यालयमा सम्पर्क गर्नुपर्दछ


16. १६. कम्पनी add गर्नको लागि mail पठाएको अहिलेसम्म response आइरहेको छैन किन होला ?

दैनिक कम्पनी add लगायतका email हरु अधिकतम प्राप्त हुने हुँदा क्रमानुसार कार्य सम्पादन हुने हुँदा केहि समय लाग्न सक्छ ।


17. १७. वैदेशिक रोजगार कार्यालयमा mail, landline मा दिएको नम्बर सबैमा सम्पर्क गर्दा पनि केहि response आइरहेको छैन किन होला ?

यस कार्यलयमा दैनिक अत्यधिक कलहरु आउने हुँदा अधिकतम कलहरु संवोधन गर्ने गरिएको छ । त्यसमध्ये कहिलेकाहीँ प्राविधिक तथा विविध कारणले कल संवोधन गर्न नसकिएको हुन सक्छ ।


18. यो योजनामा कसरी आबद्ध ह � न सिकन्छ ?

आवश्यक कागजातह� सिहत कोषको अनलाइन प्र णालीबाट िनवेदन िदई यस योजनामा सहभागी ह�न सिकन्छ ।

सम्पर्क ठेगाना